Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली चार दिने भ्रमणका लागि आज मलेसिया जाँदै

    श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली चार दिने भ्रमणका लागि आज मलेसिया जाँदै

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज मलेसिया प्रस्थान गर्ने भएको छ ।

    मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लागेका हुन् ।



    मन्त्री श्रेष्ठका साथमा सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालसहितको टोली बुधवार दिउँसो मलेसिया जानेछन् ।



    भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा सङ्गठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार