Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • बुधबारबाट लोडसेडिङ , तालिका सार्वजनिक गरिदै

    बुधबारबाट लोडसेडिङ , तालिका सार्वजनिक गरिदै

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घोषणा हुने भएको छ ।

    बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो ।



    घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।



    मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्नेसम्बन्धी सूचना जारी गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘अहिले भारतबाट बिजुली पाउन छाड्यो । करिब १०र१५ दिन हामीलाई औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्छ,’ घिसिङले भने, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौं ।’

    अब उद्योगहरूले हरेक दिन भोलिपल्ट कति समय बिजुली काटिन्छ भन्ने पूर्व जानकारी पाउने छन् । हरेक दिन बेलुका ६ बजेसम्ममा त्यस्तो जानकारी उपलब्ध गराइसक्ने प्राधिकरणले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार