Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस कार्यकर्ताद्वारा गण्डकी कार्यालयमा तोडफोड, २३ जना पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । पोखरा महानगरपालिका-३ तेर्सापट्टिमा रहेको पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका हुन् ।

कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा कास्की प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

पोखराका सबै वडामा उम्मेदवारी दिएको कांग्रेसले फेरि गठबन्धन गरेर वडा बाँडफाँट गर्न लागेको भन्दै पोखरा कांग्रेस कार्यकर्ताहरुले आन्दोलन गरेका थिए।

बाँडफाँटका लागि छलफलमा कांग्रेसले केही वडा गुमाउने भएपछि आक्रोसित कांग्रेस कार्यकर्ताले नाराबाजी र तोडफोड गरेका हुन् ।

आज पाँच दलीय गठबन्धनको साझा घोषणापत्र कार्यक्रममा समेत पोखरा १८ र २४ का कांग्रेस कार्यकर्ताले नाराबाजी गरेर गेटमा तालाबन्दी गरेका थिए ।

पछि प्रहरी परिचालन गरेर घोषणापत्र सार्वजनिक गरिएको थियो । आक्रोशित कार्यकर्ता त्यसपछि प्रदेश पार्टी कार्यालय तेर्सापट्टी पुगे ।

त्यहाँ पुगेर उनीहरुले पार्टी कार्यालयको सचिवालय देखि कार्यालयका फर्निचर, सभापति शुक्रराज शर्माको कुर्सी समेत फोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077