Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एकाएक किन खासियो मेयरका उम्मेदवार गनेसको चुनाव चिन्ह ‘लौरो’ ?

    एकाएक किन खासियो मेयरका उम्मेदवार गनेसको चुनाव चिन्ह ‘लौरो’ ?

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.2K
    SHARES

    पोखरा । निर्वाचन कार्यालयले पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडकराज (गनेस) पौडेलले पाएको चुनाव चिह्न ‘लौरो’ फिर्ता गरेको जनाएको छ ।

    निर्वाचन कार्यालय पोखराले शनिबार बिहान पौडेललाई उक्त चुनाव चिन्ह प्रदान गरेपनि दिउसो भने फिर्ता भएको परिपत्र पठाएको हो । चुनाव चिन्ह लिएर प्रचारप्रसारमा लागेका बेला चुनाव चिन्ह फिर्ता भएको जानकारी आएको उनले बताए ।



    पौडेलले निर्वाचन कार्यालयले बिहान १० बजे आफूहरुलाई चिह्न छनोट गर्न लगाएर दिउँसो भने दिन नसकिने भन्दै खबर दिएको जानकारी दिए । उनले भने–‘पहिले अरु स्वतन्त्र साथीहरुलाई चुनाव चिह्न रोज्न लगाएर बचेको लौरो मैले लिएको हुँ । तर, घर आइसकेपछि दिन्न मिल्दैन भन्दै खबर पठाएको छ ।’



    मुख्य निर्वाचन अधिकृतक श्रीकृष्ण भट्टराईले आफूहरुको प्राविधिक त्रुटिका कारण पौडेलले ‘लौरो’ चिह्न प्रदान गरिएको तर, पोखराको हकमा दिन नमिल्ने निर्वाचन आयोगले परिपत्र पठाएको जानकारी दिए ।

    स्वतन्त्र उम्मेदवार बढी भएको ठाउँमा मात्रै लौरो चिह्न दिन सकिने तर, पोखरामा थोरैमात्रै स्वतन्त्र उम्मेदवार भएकाले उक्त चुनाव चिह्न दिन नसकिने गरी परिपत्र पाएको भट्टराईले जानकारी दिए । पोखराको मेयरका लागि २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मतपत्रको वर्णानुक्रममा लौरो सातौं नम्बर भन्दा पछाडि छ ।

    भट्टराईले भने–‘७ अंकसम्म भएको चुनाव चिन्ह बाँड्न हामीलाई निर्वाचन आयोगले राति परिपत्र पठाएको रहेछ । हामीले कामको व्यवस्तताका कारण दिउँसोमात्रै देख्यौं । आयोगको निर्देशनभन्दा बाहिर हामी जान सक्दैनौं ।’

    यता, मेयरका उम्मेदवार पौडेलले भने निर्वाचन कार्यालयले गरेको गल्ती आपूmले स्वीकार नगर्ने भन्दै अर्को चुनाव चिह्न नलिने अडान राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार