Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सेनाद्धारा २० हजार घनमिटरको विशाल ढुंगामा ब्लाष्टिङ, २८५ परिवारको जोखिम टर्‍यो

    सेनाद्धारा २० हजार घनमिटरको विशाल ढुंगामा ब्लाष्टिङ, २८५ परिवारको जोखिम टर्‍यो

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली सेनाले नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको २० हजार घनमिटरको विशाल ढुंगा ब्लाष्टिङ गरेको छ ।

    नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा कालीभञ्जन गण (ई) बाट खटिएको प्राविधिक टोलीले ब्लास्टिक गरेको हो ।



    शनिबार ठूलो ढुंगा सेनाले ब्लाष्टिङ गरेसँगै ४७ घरधुरीका २८५ परिवारको जोखिम टरेको बताइएको छ । बस्तीमाथि जोखिम भएकाले २० हजार घनमिटरको विशाल ढुंगा ब्लास्टिङ गरिएको नेपाली सेनाले जनाएको छ ।



    नेपाली सेनाका अनुसार फागुन १४ गतेबाट ब्लाष्टिङ कार्य शुरु गरी वैशाख १५ गते ढुङ्गा व्यवस्थापन सम्पन्न गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार