Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • गाडेको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका

    गाडेको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इलाममा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

    जिल्लाको इलाम नगरपालिका–८ सिङफ्रिङमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएको शव प्रहरीले उत्खनन गरेको हो ।



    शव स्थानीय ३१ वर्षकी विनीता काफ्लेको पुष्टि भएको गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन् ।



    काफ्लेलाई हत्या गरेर खाल्डोमा गाडिएको हुनसक्ने आशङ्का छ । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार