Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गृहमन्त्रीका भाइले भ्रमपूर्ण आश्वासन बाँडे !

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणले मनलाग्दी भ्रमपूर्ण आश्वासन बाँडेको भन्दै अर्थविदहरूले असम्भव कुरा नगर्न आग्रह गरेका छन् ।

कांग्रेसले तिलोत्तमामा तीन दिनअघि सार्वजनिक गरेको घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने उल्लेख गरेको छ ।

तिलोत्तमा क्याम्पसका प्राध्यापक तुलसीप्रसाद सापकोटाले अस्पताल निर्माणको छुट्टै आचारसंहिता हुने भन्दै कसैले चाहँदैमा प्रशासनिक भवनलाई अस्पताल बनाउन नमिल्ने बताए ।

अर्थतन्त्रका जानकार हुमराज भुसालले गठबन्धनले घोषणापत्रमा अव्यावहारिक कुरा मात्रै गरेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077