Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालले जिम्बावे ‘ए’लाई दियो १८२ रनको लक्ष्य

    नेपालले जिम्बावे ‘ए’लाई दियो १८२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 858
    SHARES

    काठमाडौं । पहिलो एकदिवसीय टी-२० अन्तरर्गत जारि खेलमा नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।



    आदिल अन्सारीले सर्वाधिक २७ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन जोडे ।



    कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौका मद्दतमा ४६ रन बनाए । यस्तै रोहितकुमार पौडेलले २६ बलमा ३६ र दीपेन्द्रसिंह ऐरीले १३ बलमा २८ रन जोडे । करण केसी ४ रनमा अविजित रहे ।

    बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले एक-एक विकेट लिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार