Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अन्य दलका उम्मेदवारहरु चर्चासमेत गर्न लायक छैनन् - केपी ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चासमेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यस क्रममा उनले आवश्यक्ता नै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउन पनि सबैलाई आह्वान गरे ।

अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका वागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताए ।

उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलाएर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि बताए । ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्नँ । किनभने चर्चा गर्न लायक नै छैनन् । केही कुरा गरिरहनु पर्ने आवश्यक्ता नै छैन । त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्नँ । साथीहरुले कतिपयले इच्छा गर्नु भएको छ । इच्छा गर्न पाईन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077