Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सामाजिक सञ्जालमा मिथ्या सूचना प्रकाशन गरे कडा कारवाही गर्ने आयोगले चेतावनी

    सामाजिक सञ्जालमा मिथ्या सूचना प्रकाशन गरे कडा कारवाही गर्ने आयोगले चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे कडा कारवाही गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ ।

    आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिएका हुन्।



    उनले चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारवाही गरिने उल्लेख गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार