Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अध्यक्ष ओली भन्छन्-'कांग्रेससँग देश विकास गर्ने कुनै नीति छैन, एमालेलाई गाली गर्ने मात्रै हो'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग देश विकास गर्ने कुनै नीति नभएको दाबी गरेका छन् । आइतवार पार्टीले हेटौँडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

कांग्रेसले आफ्नो घोषणापत्रमा पार्टी सभापति शेरबहादुर देउवाको नाम आठ ठाउँमा र प्रतिपक्ष पार्टीको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको उनले बताए । ओलीले भने, ‘कांग्रेसले पनि जता हेरे पनि एमाले मात्रै देखिरहेको छ ।

कांग्रेससँग देश बनाउने नीति नै छैन । एमालेलाई गाली गर्ने र धारेहात लगाउने मात्रै नीति छ उसको, एमालेले प्रतिपक्षलाई गाली गर्दैन, हामी देश बनाउने योजना बनाउनमै व्यस्त छौँ ।’

कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले फेरि पनि चुनाव भाँड्ने षड्यन्त्र गरिसकेको आरोप लगाए । गठबन्धनको सरकारले चुनावी आचारसंहिता लागू भएपछि पनि भोटका लागि अरबौँको स्वास्थ्य सामग्री किनेको अध्यक्ष ओलीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077