Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसको जनसम्पर्क समन्वय उपसमितिमा थपिए १७ जना सदस्य [नामावलीसहित]

काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको छ ।

कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाको संयोजकत्वमा गठन गरिएको विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा आज १७ सदस्य थप गरेको हो ।

कांग्रेसले तेजेन्द्र कार्की (जर्मनी), रामप्रसाद चालिसे (स्विडेन), पुष्पा मिश्र (साइप्रस), मन्जीत जाम्लिङ राई (कुवेत), शेरबहादुर राउत (बहराइन) लगायतका रहेका छन् ।

संयोजक राणाले उपसमितिको सदस्यसचिवमा जनसम्पर्क समिति डेनमार्कका पूर्वसभापति एवम् पार्टीका महासमिति सदस्य वीरेन्द्रसिंह कार्की नियुक्त गरेका छन् ।

यसअघि पार्टी उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूणर्बहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय सदस्य राणाको संयोजकत्वमा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमिति गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077