Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री, चार एआइजीसहित १९ जना उच्च अधिकारीलाई बिदाई गरिएको छ । प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदाई गरेका हुन् ।

    बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह प्रति हार्दिक आभार प्रकट गरे ।



    प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार प्रकट गर्दै कोभिड-१९ को विषम परिस्थितिमा पनि आम नागरिकको सेवामा सदैव क्रियाशील रही गरेको उच्च कार्यसम्पादनको भन्दै प्रशंसा गरे ।



    समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक सिंहलाई हस्तान्तरण समेत गरेका छन् ।

    साथै नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरे । आइजीपी थापासँगै एआइजी हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की र बसन्त कुमार पन्तले अवकाश पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार