Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

'देउवाजीले उम्मेदवारी फिर्ताका लागि प्रेसर गर्नुभयो'

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवार दिपकबाबु कँडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई उम्मेदवारी फिर्ता लिनका लागि दबाब दिएको बताएका छन् ।

जिल्लामा गठबन्धन तोडिए पनि बाबुरामले पालुङटारमा आफ्नो पार्टीले मेयर नपाए सरकार ढाल्ने बताएपछि देउवाले गत शुक्रबार निर्वाचन अधिकृतको कार्यलयमा आफ्ना पार्टीका मेयर पदका उम्मेदवारको उम्मेदवारी फिर्ता गरेको भन्दै पत्र पठाएका थिए ।

तर, देउवाले पठाएको पत्र ढिलो आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसका उम्मेदवार दिपकबाबु कँडेलको नाम अन्तिम नामावलीमा प्रकाशन गर्‍याे । यति हुँदा पनि देउवाले लगातार कँडेललाई उम्मेदवारी फिर्ता गर्न भन्दै निर्देशन दिन नछाडेपछि कँडेलले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै केन्द्रको निर्णय कार्यान्वयन गर्न भनेका छन् ।

आयोगले बनाएको निर्वाचन आचारसंहिता २०७९ अनुसार कुनै पनि उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनका लागि कोही कसैले दबाब दिनु, बाधा, अवरोध पुर्‍याउनु हुँदैन । त्यसो गरेर आचारसंहिता उल्लंघन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077