Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना संक्रमण दर बढ्न थालेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    कोरोना संक्रमण दर बढ्न थालेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो ।



    उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताए ।



    सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए ।

    उनले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार