Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुटुक्क नेपाल आएका राहुल गान्धी ठमेलको एलओडीमा देखिए

    सुटुक्क नेपाल आएका राहुल गान्धी ठमेलको एलओडीमा देखिए

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी मध्यरातमा ठमेलस्थति एलओडी क्लब पुगेका छन् ।

    सोमबार अपराह्न ५ बजे त्रिभुवन विमानस्थलमा उत्रेका उनी एलओडीमा मध्यराति ११ बजेर ४५ मिनेटमा पुगेका हुन् ।



    उनी क्लबमा करिब डेढ घण्टा बसेका थिए। गान्धी बिना सुरक्षा गार्ड क्लबमा पुगेका थिए । करिब २५ जनासहित उनी त्यहाँ पुगेका थिए । उनी त्यहाँ अलर्फट होटलबाट त्यहाँ पुगेका हुन् । गान्धीको सम्पूर्ण सुरक्षा व्यवस्था क्लबकै सुरक्षा गार्ड मिलाएका थिए ।



    गान्धी क्लबको भिआइपी सेक्सनमा उभिए । क्लब भित्रको लाइट र संगीतसँगै केही क्षण हल्लिएको पनि देखिन्थे । उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहका लागि नेपाल आएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार