Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोनाका कारण दुई वर्ष रोकिएको रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै

    कोरोनाका कारण दुई वर्ष रोकिएको रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिँदै छ । आज बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्‍याइने भएको हो ।

    आज गाःबहालका स्थानीयबासिन्दाले पर्वकै रुपमा आज भुज्याः मनाउँद छन् । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ अहिले पुल्चोकमा राखिएको छ ।



    पुल्चोकमा निर्माण गरिएको रथमा गएको आइतबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै हेरक दिन दर्शनार्थीको भीड बढेको छ ।



    पुल्चोकमा देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइचो लाग्ने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार