Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अख्तियारद्वारा सशस्त्रका पूर्व आईजीपी खनालसँग बयान, करोडौ घोटाला गरेको आरोप

    अख्तियारद्वारा सशस्त्रका पूर्व आईजीपी खनालसँग बयान, करोडौ घोटाला गरेको आरोप

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका अवकासप्राप्त प्रमुख शैलेन्द्र खनालमाथि अकुत सम्पति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन थालेको छ ।

    अख्तियारले खनालमाथि लामो समयअघि देखि अकुत सम्पति कमाएको आरोपमा छानविन गरिरहेको थियो । खनाल अहिले अख्तियारमा हप्तामा एक पटक बयान दिन नियमित जाने गरेको स्रोतले बतायो । उनीमाथि करोडौं घोटाला गरेको आरोप छ ।



    यसअघि खनालको कार्यकालमा सामान र जग्गा खरिदमा अनिमितता भएको भन्दै छानविन भएको थियो । सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको थियो ।



    अवकासप्राप्त आईजीपी शैलेन्द्र खनालको कार्यकालमा विभिन्न सामान खरिद प्रक्रिया, कार्यालय मर्मतसम्भार, फर्जी बिल, भत्ता वितरण, इन्धन, पोसाक खरिदलगायतमा ‘व्यापक अननियमितता भएको’ भन्दै प्रमाणसहितको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार