Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • युक्रेनमा बस दुर्घटनामा परी १६ जनाको मृत्यु

    युक्रेनमा बस दुर्घटनामा परी १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 966
    SHARES

    सांकेतिक तस्बिर

    युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।

    पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए । त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए ।



    स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ ।



    अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ । प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार