Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जिम्बावे ‘ए’ विरुद्ध नेपाल ८ विकेटले विजयी

    जिम्बावे ‘ए’ विरुद्ध नेपाल ८ विकेटले विजयी

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा नेपालले जित निकालेको छ ।

    टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो ।



    पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी(ट्वान्टी भने वर्षाले रद्द भएको थियो । नेपालको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ ।



    जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालको जितमा आसिफ शेखले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा बसिर अहमेदले १० रन जोडे ।

    जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले १र१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार