Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अर्थतन्त्रको सबै क्षेत्र नेपाल राष्ट्र बैंकले नहेर्ने गभर्नरको भनाई

    अर्थतन्त्रको सबै क्षेत्र नेपाल राष्ट्र बैंकले नहेर्ने गभर्नरको भनाई

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थतन्त्रको सबै क्षेत्रहरू नेपाल राष्ट्र बैंकले नहेर्ने बताएका छन् ।

    चार्टर्ड एकाउन्टेसहरुको संस्था आईक्यानले बुधबार आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र भनेको नै राष्ट्र भनेर बुझ्नु गलत भएको बताए ।



    अर्थतन्त्रका प्रमुख चार क्षेत्रहरुमध्ये अन्तिमको एउटा क्षेत्रमात्रै राष्ट्र बैंकले हेर्ने उनले बताएका हुन् ।



    ‘अर्थतन्त्र भनेको राष्ट्र बैंक, राष्ट्र बैंकको अर्थतन्त्र भन्ने हिसाबले बुझ्ने गरेको पाइन्छ, त्यो होइन’ उनले भने, ‘रियल सेक्टर छ, एक्सटरनल सेक्टर छ साथै फिस्कल र मनिटरी सेक्टर छ, अन्तिमको पार्ट मात्रै हाम्रो हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार