Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जम्मा १९ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्र १२ जना संक्रमित

    जम्मा १९ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्र १२ जना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालमा बुधबार थप १९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको २ हजार ३ सय ७३ पिसिआर परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार १ हजार ४ सय ४८ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना पुष्टि भएन । त्यस्तै कोरोना कारण थप १ जनाको मृत्यु भएको छ ।



    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय १५ जना निको भएका छन् । हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मनत्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा १२ जना कोभिड १९ संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये आज काठमाडौंमा १० र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् ।

    आज ३० हजार ६५६ जनाले कोभिड १० विरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार