Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुख्खा पहिरो खस्दा दुई बालकको मृत्यु

    सुख्खा पहिरो खस्दा दुई बालकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 735
    SHARES

    फाइल तस्विर

    जुम्ला । जुम्लामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु भएको छ ।

    जिल्लाको तिला गाउँपालिका २ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा तीन वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावतलको मृत्यु भएको हो ।



    जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुवै जना बालक घरको जग खनिरहेको स्थान नजिकै खेली रहेको अवस्थामा पहिरो खसेको हो ।



    मृतक बालक शिशिर रणबहादुरका छोरा हुन् भने अर्का बालक हिमीश बोहोराका नातेदारको छोरा हुन् । पहिरोमा परेर रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा पनि घाइते भएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार