Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेससँग हामीलाई गाली गर्नुबाहेक कुनै योजना छैन-केपी ओली

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग एमालेलाई गाली गर्नु बाहेक अरु कुनै योजना नभएको बताएका छन्।

कैलालीमा आयोजित चुनावी सभामा बोल्दै यस्तो बताएका छन्।

'कांग्रेसको घोषणापत्रमा आफ्नै सभापतिको नाम ८ वटा ठाउँमा छ। जम्मा जम्मी ८ ठाउँमा। एमाले अध्यक्षको नाम ४२ ठाउँमा राखेर गाली गरेको छ,' उनले भने, 'यसैबाट थाहा हुन्छ। कांग्रेससँग हामीलाई गाली गर्नुबाहेक कुनै योजना छैन। कार्यक्रम छैन। नीति छैन। उद्देश्य छैन। केही पनि छैन। उहाँहरुको काम हामीलाई गाली गर्नु हो।'

उनले एमाले सबै जातिलाई मिलाएर देश विकास गर्न चाहेको दाबी गर्दै ओलीले अरु दलले जाति जातिका बिचमा लडाइ लडाउन चाहेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077