Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेता श्रेष्ठले ओलीलाई सर्पसँग तुलना गर्दै भने- ओलीले म्वाई खाएपनि विष लाग्छ

    नेता श्रेष्ठले ओलीलाई सर्पसँग तुलना गर्दै भने- ओलीले म्वाई खाएपनि विष लाग्छ

    अनलाइन नेपाल
  • बिहिबार, २२ बैशाख २०७९
  • 993
    SHARES

    चितवन । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले म्वाई खाएपनि विष लाग्ने बताएका छन् ।

    बिहीबार चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले अझै पनि केहीले केपी ओलीलाई आइ लभ यु केपी बा भन्ने गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।



    उनले संघीयता लोकतन्त्र र संविधान खाने कुचेष्टा गरेको भन्दै त्यसबाट बचाउन वर्तमान सत्ता गठबन्धन बनेको बताए ।



    उनले ओलीलाई सर्पसँग तुलना गर्दै भने, ‘सर्पले दुध खाएपनि विष लाग्छ, ओलीले म्वाई खाएपनि विष लाग्छ ।’

    उनले चितवनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्दै यो देशको कायापलटका लागि पनि गठबन्धनको विकल्प नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार