Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आफ्नै उम्मेदवारविरुद्ध अन्तर्घात र असहयोग गर्नेलाई कांग्रेसले ठाउँको ठाउँ कारवाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने र असहयोग गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने भएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी र प्रस्तावक तथा समर्थकहरुको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन गरिसकेको जानकारी दिदैँ अब अन्तर्घात गर्ने र असहयोग गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने जनाएको हो ।

पार्टी विधानको धारा ३४ (४) (ख) र (ग) बमोजिम पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टी हित विपरीत कार्य गर्ने पार्टी सदस्यलाई स्थानीय तहको पार्टीको उम्मेदवारको राय लिएर जिल्ला अनुशासन समितिले निर्वाचन अवधिभर तत्काल सदस्यताबाट निलम्वन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077