Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

    सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.8K
    SHARES

    सांकेतिक तस्बिर

    सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ ।

    बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो ।



    एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।



    प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार