Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भरुवा बन्दुकसहित एक जना पक्राउ

    भरुवा बन्दुकसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 2K
    SHARES

    पर्सा । भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउपर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ ।



    प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए ।



    सखुवाप्रसौनी गाउँपालिका–१ औराहास्थित जङ्गल छेउ रहेको स्थानीय मङ्गलबहादुर ब्लोनको घर लक्षित गरी बिहीबार राति महतोले बन्दुकबाट तीन राउण्ड गोली प्रहार गरेको प्रहरीको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार