Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बुटवल पुगेर प्रधानमन्त्री देउवाले भने–एमसीसीले सबैभन्दा धेरै फाइदा बुटवल र दाङबासीलाई

    बुटवल पुगेर प्रधानमन्त्री देउवाले भने–एमसीसीले सबैभन्दा धेरै फाइदा बुटवल र दाङबासीलाई

    ओलीले अत्यन्तै ठूलो अत्याचार गरे

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.9K
    SHARES

    बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सबैभन्दा बढी फाइदा बुटवलबासीलाई हुने बताएका छन् ।

    सत्तारुढ पाँच दलीय गठबन्धनले आज बुटवलमा गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् ।



    प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीका का।ण वर्तमान गठबन्धन बनेको दावी गरेका छन् । ओलीले सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताए ।



    उनले भने–‘ओलीले अत्यन्तै ठूलो अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो । विरोध सहन नसकेर संसद भंग गरे, संविधानमा भंग गर्न पाउने व्यवस्थै छैन ।’

    अदालतले संसद पुनर्स्थापना गरेपनि ओलीले चल्न नदिएको भन्दै असन्तुष्टी पोखेका प्रधानमन्त्री देउवाले सुकुम्बासी र नागरिकताको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने पनि दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार