Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जिम्बावे ‘ए’ माथि नेपालको सानदार जित

    जिम्बावे ‘ए’ माथि नेपालको सानदार जित

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालले दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ । जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो ।

    नेपालका लागि सुनील धमलाले ३८ रन बनाएर आउट भए भने आसिफ शेखले नटआउट रहँदै ३४ रन बनाए । धमलालाई ब्रान्डन माभुटाले आउट गराएका थिए ।



    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे सस्तैमा समेटिएको थियो । जिम्बावे ३१.५ ओभरमा ८७ रन मात्र बनाएर अलआउट भएको थियो ।



    उसका लागि जोनाथन क्याम्पबेलले २७ र ब्राड इभान्सले २० रन बनाए । त्यस्तै सेफास झुवाओले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका लागि करण केसी र सोमपाल कामीले ३/३ विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा सागर ढकालले १ विकेट लिए । यसअघि शुक्रबारको पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बावेसँग ३ विकेटले हराएको थियो ।

    जिम्बावेको ‘ए’ टिम नेपालमा तीन ट्वान्टी–२० र तीन एकदिवसीय शृंखला खेल्न आएको हो । तीन ट्वान्टी–२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो । तेस्रो खेलमा भने नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार