Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमाले र सूर्य चिन्हलाई सत्तोसराप गर्दा अफ्नो धरातल विर्सिइन् झाँक्रीले

    एमाले र सूर्य चिन्हलाई सत्तोसराप गर्दा अफ्नो धरातल विर्सिइन् झाँक्रीले

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.9K
    SHARES

    बुटवल । नेकपा एमालेको संसद बनेर मन्त्री बन्न सफल रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओली र सिंगो पाटीको नै विरोध गरेकी छन् । अघिल्लो संविधानसभाको चुनावमा एमालेबाट चुनाव जितेकी मन्त्री झाँक्री अहिले नेकपा एकीकृत समाजवादीकी सचिव छिन् ।

    शहरी विकास मन्त्री समेत रहेकी झाँक्री माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा फुटेपछि माधव कुमार नेपालको पार्टी एकीकृत समाजवादीतर्फ लागेकी थिइन् । नयाँ पार्टी गठन गर्न अध्यक्ष नेपालको हात समातेर निर्वाचन आयोग पु¥याएकी झाँक्रीलाई सोही गुण तिर्न अध्यक्ष नेपालले मन्त्री पद दिएका हुन् । तर, अध्यक्ष नेपाल अहिले झाँक्रीसँग सन्तुष्ट भने छैनन् ।



    सरुवा, बढुवामा झाँक्रीको एकलौटी राज चल्न थालेपछि नेपालले आफन नजिकका नेतादेखि पत्रकारसम्म असन्तुष्टि पोख्न थालेका छन् । तिनै झाँक्री अहिले निर्वाचनको मुखमा एमालेको सत्तोसरापमा व्यस्त छिन् ।



    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको भन्दै उनले एमालेतर्फ लक्षित गर्दै पटक–पटक भोट हालेर नेतृत्वमा पुर्‍याउँदा पनि सुकुमवासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या ज्यूँका त्यूँ राख्ने दललाई चिन्ने बेला आएको बताइन् ।

    सत्ता गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभामा यस्तो बताइरहँदा नेपाली जनताले उनलाई पनि त्यहि सूर्य चिन्हमै भोट हालेर सरकारमा पुर्याएको भने भुलिन् । यसअघि उनी नेकपा एमालेमै हुँदा र एमाले सरकारमा हुँदा केही गर्न नसकेकी झाँक्रीले अहिले समाजवादीमा आएर पनि सम्झनयोग्य काम भने गर्न सकेकी छैनन् । तर, ओली र एमालेलाई गाली गर्न भने छाडेकी छैनन् ।

    एमालेलाई सत्तोसराप गरिरहँदा मन्त्री झाँक्रीले आफू त्यहि दलबाट सांसद भएर अहिले मन्त्री भएको भन्ने चाहिं भुलिन । कार्यक्रममा उनले गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरु परिवर्तनकारी हुन नसक्ने बताउँदै उनले भनिन्–‘प्रश्न गर्न नसक्ने मान्छे र भजनमण्डलीले परिवर्तनका लागि काम गर्न सक्दैन ।’

    एमाले अध्यक्ष ओलीले स्याटलाइटमा आकाश किन्ने, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनता झुक्याएको आरोप लगाएकी उनले ठूला–ठूला गफ भन्दा वास्तविक धरातलमा उभिएर देश सुहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनुपर्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार