Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कैलालीमा चुनावका बेला मदिरा बिक्री वितरण गर्न नपाइने

    कैलालीमा चुनावका बेला मदिरा बिक्री वितरण गर्न नपाइने

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.5K
    SHARES

    कैलाली । कैलालीमा स्थानीय तह निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै वैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको हो ।



    वैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जारी गरिएको निर्वाचन आचारसंहिता अनुसार रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।



    बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानून बमोजिम कारबाही हुने सूचित गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार