Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • आईपीएल : कोलकातालाई हराउँदै लखनउ शीर्ष स्थानमा उक्लियो

    आईपीएल : कोलकातालाई हराउँदै लखनउ शीर्ष स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 918
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई हराउँदै लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ ।

    पुणेमा गएराति भएको खेलमा कोलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।



    जितसँगै लखनउको ११ खेलमा १६ अङ्क भएको छ । समान खेलमा १६ अङ्क रहेको गुजरात दोस्रो स्थानमा छ ।



    लखनउ र गुजरात आईपीएलमा नवप्रवेशी टोली हुन् । कोलकाता ११ खेलमा ८ अङ्कका साथ आठौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार