Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना

    बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । बलिउडका अभिनेता मिथुन चक्रवर्तीका फ्यानहरु अभिनेताको तस्विरका कारण निकै दुखी छन् । अस्पतालको बेडमा सुतेको अभिनेताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेताको स्वास्थ्यलाई लिएर विभिन्न हल्लाहरु पनि उडिरहेका छन् ।

    अस्पतालबाट मिथुनको तस्विर विभिन्न प्लेटफर्ममा शेयर भइरहेको छ । मिथुनका छोरा मिमोह चक्रवर्तीले अहिले अभिनेताको स्वास्थ्यको बारेमा जानकारी दिएका छन् ।



    उनले भने, ‘मिथुन चक्रवर्तीलाई मिर्गौलामा पत्थरीको समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । भाइरल तस्बिर अस्पतालकै हो, जसमा उनी बेहोश अवस्थामा बेडमा पल्टिएका देखिन्छन् । तर अहिले अभिनेताको स्वास्थ्य पूर्णरुपमा ठीक छ र उनलाई बैंगलोरको अस्पतालबाट डिस्चार्ज पनि गरिएको छ । उनी पूर्ण रूपमा फिट र ठीक छन्।’



    मिथुन चक्रवर्तीको स्वास्थ्य अपडेट आएपछि उनका लाखौं फ्यानले राहतको सास फेरेका छन् । सबैले कलाकारको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार