Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओलीको आरोप : कांग्रेसले सुशासन र विकासमा बाधा पुर्‍यायाे

    ओलीको आरोप : कांग्रेसले सुशासन र विकासमा बाधा पुर्‍यायाे

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा वाधा खडा गरेको आरोप लगाएका छन्।

    आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओलीले कांग्रेससँग देश विकासका लागि कुनै योजना हिजो नभएको, आज बनाउन नसकेको र भोलि पनि नहुने ठोकुवा गरे ।



    उनले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गती लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाए । हालै जारी भएको कांग्रेसको चुनावी घोषणापत्रले पनि कांग्रेसले विकास नचाहने कुराको पुष्टि गर्ने ओलीले बताए ।



    एमालेले उत्पादन र उत्पादकत्व वृद्धि, भौतिक पूर्वाधार निर्माण र सामाजिक न्याय, सुशासन अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका काम गरिरहेका बेला कांग्रेसको षडयन्त्रले चरम उत्कर्षको रूप लिएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार