Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • उम्मेदवारलाई सगुन र प्रसाद भन्दै मिठाइ दिएर बेहोस बनाएको घटनापछि प्रहरीको यस्तो अपिल

    उम्मेदवारलाई सगुन र प्रसाद भन्दै मिठाइ दिएर बेहोस बनाएको घटनापछि प्रहरीको यस्तो अपिल

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो गर्न आउने उम्मेदवारलाई प्रसाद र सगुनका नाममा खानेकुरा खुवाएर बेहोस बनाएको भन्दै नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै उम्मेदवारलाई प्रसाद र सगुनका नाममा खानेकुरा खुवाएर बेहोस बनाएको पाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।



    अपरिचित व्यक्ति तथा समूह सक्रिय रहेको पाइएको भन्दै प्रहरी प्रधान कार्यालयले यसबाट सचेत रहन र त्यस्तो सूचना भए जानकारी दिन अपिल छ ।



    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले हालसम्म एउटा मात्र घटना भएको भएपनि अन्य ठाउँमा पनि यस्ता घटना हुनसक्ने देखिएकाले सचेत रहनुपर्ने बताएका छन् ।

    घरदैलोका क्रममा स्थानीयवासीले दिएको मिठाइ खाएपछि सर्लाही जिल्लाको हरिवन नगरपालिकामा माओवादीका ७ उम्मेदवार बिरामी परेका थिए । षडयन्त्रपूर्वक मिठाइमा विष राखिएको माओवादीको दाबी छ ।

    यस्ताे छ प्रहरी प्रधान कार्यालयले जारी गरेकाे  सार्वजनिक सूचना 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार