Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • दिल्ली क्यापिटल्समाथि चेन्नई सुपर किंग्सको शानदार जीत

    दिल्ली क्यापिटल्समाथि चेन्नई सुपर किंग्सको शानदार जीत

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं।  दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै चेन्नई सुपर किंग्स आईपीएल २०२२ मा जित हासिल गरेको छ ।

    योसँगै चेन्नईले ८ अंक जोडेको छ र अंक तालिकाको आठौँ स्थानमा पुगेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २०८ रन बनाएको थियो ।



    जवाफमा दिल्लीको सम्पूर्ण टोली १७।४ ओभरमा ११७ रन बनाएर आउट भयो ।



    दिल्लीका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । मिचेल मार्सले सर्वाधिक २५ रन बनाए भने शार्दुल ठाकुरले २४ रनको योगदान दिए ।

    चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी, सिमरजित सिंह, ड्वेन ब्राभोले २ तथा महिश टिक्षानाले १ विकेट लिए ।

    यसअघि डेभन कोनवेको अर्धशतक र अन्तिम ओभरमा महेन्द्र सिंह धोनीको २१ रनको सहयोगमा चेन्नई सुपर किंग्सले २० ओभरमा २०८ रन बनाएको थियो।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार