Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • धनगढीमा आज देउवा र प्रचण्डले सम्बोधन गर्ने

    धनगढीमा आज देउवा र प्रचण्डले सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    धनगढी। सुदूरपश्चिमस्थित धनगढीको रङ्गशालामा आज सत्ता गठबन्धनको चुनावी सभा हुँदै छ ।  विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्।

    प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी पुगिसकेका छन् ।



    काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सभालाई सम्बोधन गर्ने वताइएको छ ।



    धनगढीमा गठबन्धनबाट काँग्रेस नेता नृपबहादुर वड मेयरमा र माओवादी नेतृ शान्ति अधिकारी उपमेयरको उम्मेदवार छन् ।

    उनीहरुलाई मत माग्न शीर्ष नेता धनगढीको संयुक्त सभालाई सम्बोधन गर्न लागेका हुन् ।

    चुनावी सभापछि प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा जाने कार्यक्रम रहेकोछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार