Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तरुण दलको ठहर : ओलीले उत्तेजित भाषण गरेको २४ घण्टा नवित्दै कांग्रेस युवा नेताको हत्या

    तरुण दलको ठहर : ओलीले उत्तेजित भाषण गरेको २४ घण्टा नवित्दै कांग्रेस युवा नेताको हत्या

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 2.8K
    SHARES

    चितवन । नेपाल तरुण दल जिल्ला कार्य समिति चितवनले नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि तथा नेपाल दलित संघ र नेविसंघ चितवनका पूर्व सदस्य अनिल परियार ‘कान’माथि योजनाबद्ध तवरले नियोजित आक्रमण गरेर हत्या गरिएको जनाएको छ ।

    तरण दलले आज एक विज्ञप्ति जारी गर्दै स्थानिय निर्वाचनको पूर्व सध्यामा योजनाबद्ध तवरले लोकतान्त्रिक संगठनमा आवद्ध युवा माथि नियोजित आक्रमण हुनु निर्वाचनलाई विथोल्ने पड्यन्त्र भएको तरुण दलले महशुस गरेको समेत जनाएको छ ।



    त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तेजित भाषण गरेको २४ घण्टा नबित्दै उक्त घटना हुनुले नेकपा एमाले निकट सदस्यहरुको संग्लनता त छैन ? भन्ने प्रश्न उठेको समेत तरुण दलले जनाएको छ ।



    तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार र सचिव प्रल्हाद उप्रेतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘हिजै मात्र नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजित भाषण हुन्, त्यसको २४ घण्टा नबित्दै उक्त घटना घट्नु कतै यस घटनामा नेकपा एमाले निकट सदस्यहरुको संग्लनता त छैन ? भन्ने हामीले महशुस गरेका छौं ।’

    नेपाल तरुढ दलले यस्ता जघन्य अपराधको घोर भत्सर्ना गर्दै उक्त घटनाको सत्यतथ्य छानविन गरी अविलम्ब दोषि उपर कारवाहिको लागि पहरीप्रशासन समक्ष जोडदार माग समेत गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ–‘भरतपुर महानगरपालिका–१२ निवासी नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी, नेपाली कांग्रेस वागमति प्रदेश प्रतिनिधी साथै चितवन क्षेत्र नं २ ‘क’ कार्यसमिति सदस्य परियारको मिति २०७२।०१।२५ गते साँझ करिब ७ः३० बजेको समयमा भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित खेलकुद मैदान नजिकै अपराधिक मनोवृत्ति भएका अज्ञात समूहले एकान्त स्थलमा आँखामा धुलो खुर्सानी छर्की धारिलो हतियारको प्रयोगबाट विभत्स र निर्ममतापूर्वक हत्या गरेको खबरले नेपाल तरुण दल जिल्ला कार्यसमिति चितवन स्तञ्च र मर्माहित भएका छौं ।

    स्थानिय निर्वाचनको पूर्व सध्यामा योजनाबद्ध तवरले लोकतान्त्रिक संगठनमा आवद्ध युवा माथि नियोजित आक्रमण हुनु निर्वाचनलाई विथोल्ने पड्यन्त्र भएको हामिले महशुस गरेका छौं । हिजै मात्र नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीको उत्तेजित भाषण हुन् त्यसको २४ घण्टा नबित्दै उक्त घटना घट्नु कतै यस घटनामा नेकपा एमाले निकट सदस्यहरुको संग्लनता त छैन ? भन्ने हामीले महशुस गरेका छौं । यस्ता जघन्य अपराधको घोर भत्सर्ना गर्दै उक्त घटनाको सत्यतथ्य छानविन गरी अविलम्ब दोषि उपर कारवाहिको लागि पहरीप्रशासन समक्ष जोडदार माग गर्दै दिवगत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवाजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
    जय नेपाल ’

    त्यसअघि नेपाली कांग्रेस भरतपुर महानगर कार्यसमिति र नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नलाई कारबाहीको माग गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार