Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अनिल परियारको हत्याको कारण व्यक्तिगत ‘रिसिइवी’

    अनिल परियारको हत्याको कारण व्यक्तिगत ‘रिसिइवी’

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 2.3K
    SHARES

    काठमाडौं – नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले चितवनमा नेपाली कांग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताएका छन् ।

    घटना व्यक्तिगत ‘रिसिइवी’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।



    उनले घटनामा संलग्नको पहिचान भइसकेको पनि बताए । नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ ।



    आइतबार साँझ करिब ७ : ३० बजे भरतपुर–१२ निवासी परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

    घटनामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन दबाब दिँदै युवाहरूले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार