Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बागी उम्मेदवारप्रति देउवाको आक्रोश–हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन

    बागी उम्मेदवारप्रति देउवाको आक्रोश–हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.4K
    SHARES

    धनगढी । प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वागी उम्मेदवारप्रति आक्रोश पोखेका छन् । कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले वागी उम्मेदवारलाई नछोड्ने भन्दै कारवाहीको चेतावनी दिएका हुन्।

    एमालेको शासनबाट मुक्त हुन स्थानीय सरकारमा पनि गठबन्धनले जित्न आवश्यको रहेको उल्लेख गर्दै देउवाले यस्तो उर्दी जारी गरेका हुन्।



    कार्यक्रममा उनले भने–‘स्थानीय सरकार पनि जित्न जरुरी छ। वागीले उम्मेदवारी फिर्ता लिनुपर्छ। मन्तव्यमार्फत पनि हामीले उम्मेदवार फिर्ता लिएका छौ । अहिले भन्न चाहन्छु। वागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन। मान्यता दिइने छैन। अहिले झगडा गर्ने हैन। वागी उठ्दा हामीले पहिले पनि हारेकै हो। अहिले पनि वागी उठेर पार्टी हर्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन।’



    कैलरी गाउँपालिकामा यस्तो समस्या रहेको उल्लेख गर्दै देउवाले तुरुन्त उम्मेदवारी फिर्ता लिन आग्रह गरे। उनले भने–‘कैलरी गाउँपालिका पनि त्यही समस्या छ। धनसिंह जोशीको गाउँमा । फिर्ता लिनुस्। केन्द्रबाट निर्णय आउँछ। फिर्ता लिनुभएन भने तपाईलाई कारवाही हुनेछ ।’

    एमालेले बहुमतको सरकार हुँदा पनि चलाउन नसकेकोले अब गठबन्धनले जित्नुपर्ने उनको भनाई थियो। देउवाले गठबन्धन सबैको सरकार भएको तर्क गर्दै आफू सुदुरपश्चिमको सहयोगकै कारण प्रधानमन्त्री भएको बताए।

    प्रधानमन्त्री देउवाले भने–‘केन्द्रमा गठबन्धनको सरकार छ। यहाँ पनि गठबन्धनको सरकार छ प्रदेशमा पनि। प्रचण्डजीको पार्टीको मुख्यमन्त्री हुनुह्नछ। सबैको सरकार हो यो । कैलाली धनगढी, यो ठाउँ मेरो लागि अत्यन्तै महत्वपूर्ण छ। यही ठाउँकै कारण म प्रधानमन्त्री भएको हुँ।’

    सुदूरपश्चिमको विकासमा आफू लागिपरेको र थप विकास गर्ने आश्वासनसमेत दिन भ्याएका देउवाले भने–‘पहिले इन्डिया भएर आउनुपर्थ्यो। सुदुरपश्चिममा धेरै काम गरेको छु । अछाम जोड्ने बाटो हुन सक्छ कर्णाली किनारैकिनारबाट। तल्लो भागबाट।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार