Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ओली निम्नस्तरको गाली गालौजमा उत्रिएको कांग्रेसको निष्कर्ष

    ओली निम्नस्तरको गाली गालौजमा उत्रिएको कांग्रेसको निष्कर्ष

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले आफ्नो घोषणापत्रबारे नेकपा एमालेले गरेको अपिलको प्रतिवाद गरेको छ ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निम्नस्तरको गाली गलौजमा उत्रिएको समेत बताए । आज आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘स्थानीय जनताका आवश्कता र इच्छालाई पूरा गर्ने यो संकल्पमा निहित नीति र कार्यक्रम आउनासाथ प्रतिस्पर्धी राजनीतिक दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली निकै उत्तेजित र आक्रोशित भएर हामीप्रति निकै निम्नस्तरको गाली गलौजमा उत्रिनुभएको थियो ।’



    नेकपा एमालेले आइतबार एक अपिल जारी गर्दै कांग्रेसको घोषणापत्रको खण्डन गरेका थिए । त्यसको भोलिपल्ट सोमबार नेपाली कांग्रेसले फेरि ओलीले अपिलमा प्रस्तुत गरेका विषय मिथ्या रहेको भन्दै खण्डन गरेको छ र



    कांग्रेसले ०७४ को स्थानीय चुनावबाट निर्वाचित आफ्ना पार्टीका जनप्रतिनिधिले उत्कृष्ट काम गरेको जिकिर गरेको छ । उत्कृष्ट १० मध्ये ६ वटा नेपाली कांग्रेसका प्रतिनिधिहरुले नेतृत्व गरेका पालिका परेको देखिएको कांग्रेसको दाबी छ भने कमजोर १० मा आधा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिले नेतृत्व गरेका पालिकाहरु परेका पनि जनाएको छ ।

    गरिबीको दर पनि कांग्रेस सरकारको नेतृत्वमा हुँदा उल्लेखनीय घटेको आंकडा प्रस्तुत गरिएको छ । २०४८ सालमा सत्ताको बागडोर सम्हाल्दा नेपालमा गरिबी झण्डै ४९ प्रतिशत जनाउँदै त्यसलाई १७।५ प्रतिशत पुर्‍याएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले दाबी गरे ।

    एमालेप्रति आरोप लगाउँदै डा. महतले प्रश्न गरे ‘१७.५ प्रतिशतमा झरेको गरिबीलाई २२ प्रतिशतमा कसले पुर्‍यायो ?’ । कोभिड संक्रमणको बेला तत्कालिन ओली सरकारले जनताको समस्या बेवास्ता गर्दा गरिबी बढेको कांग्रेसको ठहर छ । प्रजातन्त्र स्थापना पछिका ३२ बर्षमा नेपाली कांग्रेसले २७ बर्ष शासन गरेको ओलीको दाबीलाई कांग्रेसले खण्डन गरेको छ ।

    कांग्रेसले भनेको छ–‘आफ्नै नेतृत्व (नेपाली कांग्रेसले १६ बर्ष ६ महिना) र विभिन्न गठबन्धनमा रहेर कूल २१ बर्ष सत्ता सम्हालेको छ । नेकपा एमाले १४ पटक सरकारमा पुगेको छ । एमालेले एकल अल्पमतको सरकारसहित ५ पटक सरकारको नेतृत्व सम्हादै आफ्नै नेतृत्वमा ७ बर्ष र संयुक्त सरकार समेत गरी १६ वर्ष राज्य सञ्चालन गरेको छ ।’

    कांग्रेसले २०४८ सालदेखि हालसम्म सुधारका काममात्रै गरेको प्रवक्ता महतले बताए । सडकको ‘व्यापक विस्तार’ आफ्नै कारणले सफल भएको कांग्रेसकै निचोड निकालेको छ ।

    पूर्व सरकारले मूलुकलाई आर्थिक ऋणमा डुबाउने प्रयत्न गरेको आरोप लगाएको कांग्रेसले मूलुक श्रीलंकाको बाटोमा जाने जोखिमबाट जोगाउने कार्य कांग्रेसबाट सम्भव भएको दाबी गरिएको छ ।

    एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा ऋणको अंश बढेको प्रवक्ता महतले बताए । ओली सरकारको समयमा छिमेकी मित्रराष्ट्रसंगको सम्बन्ध असन्तुलित बनाएको कांग्रेसको आरोप छ । ‘नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गुमाउदै गएको साखः पुनस्थापित गरिएको छ ।’ कांग्रेसले एमालेको प्रतिवादमा लेखेको छ ।

    यस्तो छ कांग्रेसको प्रतिवादको पूर्ण पाठ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार