Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आइतबार पनि सार्वजनिक बिदा दिने सूचना राजपत्रमा प्रकाशित

    आइतबार पनि सार्वजनिक बिदा दिने सूचना राजपत्रमा प्रकाशित

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 5.1K
    SHARES

    काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

    नेपालमा अहिलेसम्म हप्तामा एक दिन शनिबार मात्रै सार्वजनिक विदा हुने गर्दथ्यो । अब जेठ १ गतेदेखि भने आइतबार पनि विदा हुने हुँदा हप्तामा लगातार दुई दिन विदा हुने भएको छ ।



    मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ ।



    कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठन गरिएको बिदा अध्ययन सम्बन्धी समितिले तयार पारेको प्रतिवेदनमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सार्वजनिक गरिएको थियो।

    प्रतिवेदनमा भनिएको थियो–‘विविध पक्षहरुमा गरिएको विश्लेषणबाट हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रुपले कर्मचारी र कार्यालय तथा संस्थाहरुको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनम सहयोग हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीच्को सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामिप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले समेत सकरात्मक प्रभाव पर्न जाने देखिएकाले सार्वजनिक निकायहरुमा हप्तामा २ दिन बिदा दिन र निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न मनासिब रहेको व्यहोरा समिति सिफारिस गर्दछ।’

    विश्वका १२७ देशमा रहेको बिदा व्यवस्थाबारे अध्ययन गरेको समितिले ११५ देशमा हप्तामा दुई दिनको व्यवस्था रहेको जनाएको छ।

    इन्धनको खपत घटाउन आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई दिन सार्वजनिक विदाको प्रस्ताव गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन सरकारलाई यो प्रस्ताव गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार