Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बाबुरामको गृह नगरमा गठबन्धनाई वाइपास गरेर एमालेसँग तालमेल, मेयर जसपालाई, उपमेयर एमालेलाई

    बाबुरामको गृह नगरमा गठबन्धनाई वाइपास गरेर एमालेसँग तालमेल, मेयर जसपालाई, उपमेयर एमालेलाई

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.3K
    SHARES

    गोरखा । यतिबेला पाँच दलीय गठबन्धन मिलेर चुनावी मैदानमा उत्रिएका छन् । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा आवद्ध छन् ।

    तर, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको पार्टीले भने उनैको गृह नगरमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जसपाबीच चुनावी तालमेल भएको हो । एमाले र जसपाको जिल्ला नेतृत्वबीच पालुङटारको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति भएको हो ।



    सहमतिपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् । उनीहरुले वडाअध्यक्ष पदमा समेत तालमेल गरेका छन् । जस अनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ ।



    पालुङटारमा जसपाले पहिले नेपाली कांग्रेससँग तालमेलको सहमति गरेको थियो । तर वडा बाँडफाँटमा कुरा नमिलेपछि दुबै दल सहमतिबाट पछि हटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार