Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • दमक पुगेर ओलीले भने–पाँच दल मिल्दा पनि एमालेलाई हराउने आँट नआएपछि राप्रपासँग मिल्न बाध्य भए

    दमक पुगेर ओलीले भने–पाँच दल मिल्दा पनि एमालेलाई हराउने आँट नआएपछि राप्रपासँग मिल्न बाध्य भए

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पार्न खोजे पनि त्यसले कुनै असर नगर्ने बताएका छन् ।

    दमक नगरपालिकामा एमालेविरुद्धको गठबन्धन स्यालले हात्तीको खुट्टा चिथोर्नु जस्तो मात्र भएको टिप्पणी गर्दै उनले दमकवासीले पार्टीभन्दा नेता हेरेर भोट दिने विश्वास व्यक्त गरे ।



    गृहनगर दमकमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दमकमा भएको विकास निर्माणको विरोध गर्ने दलहरु गठबन्धनमा बाँधिएकाले एमालेलाई कुनै फरक नपर्ने दावी गरे ।



    ओलीले सत्तारुढ पाँच दल मिल्दा पनि दमकमा एमालेलाई हराउने आँट गर्न नसकेको बताए । उनले भने–‘दमक एमालेको गढ हो, किल्ला हो । त्यसैले पाँच दल मिल्दा पनि एमालेविरुद्ध लड्ने हिम्मत गरेनन् र राप्रपासँग मिल्न बाध्य भए ।’

    उनले भने–‘दमकमा बन्दै गरेको भ्यूटावर देखेर तर्सिएकाहरु, सभागृह बनेको देख्न नसकेकाहरुले एमालेको सरकारको विरोध गर्ने हो । आफ्नै गाउँ, आफ्नै ठाउँमा भएको विकासको पनि विरोध गर्ने कस्ता नेता ?, कस्तो राजनीति ? त्यसैले विकास विरोधलाई होइन । तपाईंहरुले विकासप्रेमी नेता हेरेर भोट दिनुहोस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार