Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • लगातार दुई दिन बढी विदा भए तेस्रो दिन अस्पताल र सरकारी निकाय खुल्ने

    लगातार दुई दिन बढी विदा भए तेस्रो दिन अस्पताल र सरकारी निकाय खुल्ने

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 3.8K
    SHARES

    काठमाडौं । सरकारले लगातार दुई दिनभन्दा बढी भएमा अस्पतालसहितका कार्यालयहरु खुल्ने व्यवस्था मिलाउने भएको छ । सरकारले आज हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गर्दै यस्तो निर्णय गरेको हो ।

    लगातार तेस्रो दिन पनि सार्वजनिक विदा हुने अवस्थामा विभिन्न सरकारी निकाय अस्पतालहरुको सेवा सञ्चालन गर्ने व्यवस्था गर्ने गरी राजत्रपमा सूचना प्रकाशित गरिएको छ । तर, यो नियम दशैं र तिहारमा भने लागू हुने छैन ।



    आगामी १ जेठबाट आइतबार पनि सार्वजनिक विदा दिने बारे सरकारले प्रकाशित गरेको राजपत्रले सेवाग्राहीको चाप हुने सरकारी निकायहरुलाई शनिबार र आइतबार लगत्तैको दिनहरुमा अरु विदा परेमा सेवा सञ्चालन गरिराख्ने गरी व्यवस्था मिलाउन भनिएको छ ।



    सरकारले कार्यालय समय भने हेरफेर गरेको छ । सोमबार देखि शुक्रबारसम्म बिहान ९ः३० बजे देखि अपरान्ह ५ः३० बजेसम्म निर्धारण गने व्यवस्था गरेको छ । तर, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म रहने व्यवस्था छ ।

    राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ–‘संवत २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैकिङ सेवा, आन्तरिक राजस्व, भूमिसुधार तथा मालपोत कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने ।’

    विदाका दिनमा काम गरेका कर्मचारीलाई सट्टा विदाको व्यवस्था गरिने पनि सूचनामा उल्लेख छ । ‘सार्वजनिक विदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा विदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्ने ।’ सूचनामा भनिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार