Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मौन अवधि अघि पाँच दलको संयुक्त अपिल, गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह

    मौन अवधि अघि पाँच दलको संयुक्त अपिल, गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुनु अघि संयुक्त अपिल जारी गर्दै गठबन्धनका उम्मेदवारको पक्षमा मत दिन आग्रह गरेका छन् ।

    आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । त्यसैले केही बेर अघि जारी गरिएको अपिलमा सत्तारुढ गठबन्धनका दल जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिवद्धता जाहेर गरिएको छ ।



    अपिलमा भनिएको छ–‘स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ । अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ । यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं । यस क्षणमा हामी सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दछौं ।’



    गठबन्धन दलका अध्यक्षहरुले जारी गरेको अपिलमा कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भन्दै गठबन्धनकै जित्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ ।

    ‘गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको विदितै छ,’ अपिलमा भनिएको छ–‘मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं ।’

    यस्तो छ पाँच दलीय गठबन्धनको अपिल

    +

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार