Online Nepal
  • बुधबार, ४ जेष्ठ २०७९
  • आईपीएल : लखनउलाई ६२ रनले हराउँदै गुजरात प्लेअफमा पुग्यो

    आईपीएल : लखनउलाई ६२ रनले हराउँदै गुजरात प्लेअफमा पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 138
    SHARES

    एजेन्सी । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सलाई हराउँदै प्ले अफमा प्रवेश गरेको छ ।

    पुणेमा गएराति भएको खेलमा लखनउलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने पहिलो टोली समेत बनेको हो । टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन बनायो ।



    गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ ।

    गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लखनउ १२ खेलमा १६ अंकसहित दोस्रो स्थानमा झरेको छ । गुजरात र लखनउ आईपीएल क्रिकेटमा नवप्रवेशी टोली हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार