Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो भएन’

    ‘महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो भएन’

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् ।

    महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भनाइ आएको हो ।



    ‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा याे दिगो छ भन्ने लाग्दैन’, टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलनमा भने ।



    चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीब्र बृद्धि भएका छन् । कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ । सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार