Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जेठ १ देखि बैंकहरू पनि शनिबार र आइतबार बन्द

    जेठ १ देखि बैंकहरू पनि शनिबार र आइतबार बन्द

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । सरकारले सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय गरेपछि बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् ।

    नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।



    तर, कार्यालय खुल्ला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९ः३० देखि ४ः०० बजेसम्म नै बैंक खुल्ला राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।



    कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९ः३० बजेदेखि ३ः३० बजेसम्म मात्र कायम हुने बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार